दफा ५१
अधिकार प्रत्यायोजन
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम बोर्डलाई प्राप्त भएको अधिकारमध्ये कुनै वा सबै अधिकार बोर्डले आवश्यकता अनुसार सम्बन्धित मन्त्रालयको सचिव, सम्बन्धित विभागको महानिर्देशक वा नेपाल सरकारको राजपत्राङ्कित अधिकृत स्तरको कर्मचारी वा यस ऐन अन्तर्गत गठन भएको समिति वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम सम्बन्धित विभागलाई प्राप्त भएको अधिकारमध्ये सबै वा कुनै अधिकार आवश्यकता अनुसार कुनै कार्यालय वा नेपाल सरकारको राजपत्राङ्कित स्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।